२०७८ सालको ‘वानीरा पुरस्कार’बाट पुरस्कृत
श्रीमती उषा शेरचनको वक्तव्य
‘सोच्दै नसोचेका कुराहरू घट्नुको नाम नै जिन्दगी हो सायद !’
यसरी यो मोडमा, यो हिसाबले उभिनुपर्ने कुरा मैले कल्पनासम्म पनि गरेकी थिइनँ ! वानीरा दिज्यूसँग यति चाडै यसरी बिछोडिनुपर्ने छ भनेर मैले सपनामा पनि सोचेकी थिइनँ ।
नियतिको अगाडि मान्छेको जोर कहिल्यै नचल्ने रहेछ । राजादेखि रङ्कसम्मले पनि महायात्रामा निस्कनै पर्ने !
जीवन भन्नु पनि जिन्दगी र मृत्युबीचको दूरी वा यात्रा तय गर्नु रहेछ । तर यात्रा कसरी तय गराð ? मुख्य कुराचाहिँ त्यो हुने रहेछ ।
नेपाली साहित्यका विश्वनारी रत्न डा.वानीरा गिरि दिज्यू भन्नासाथ मेरो जीवनमा भरभराउँदो आभा बोकेको अत्यन्तै स्वाभिमानी नारीको तस्बिर आँखासामु आउँछ । साथै नइले साँच्चिकै दिज्यूलाई सुहाउने पगरी गुथाउनुभएको हो भन्ने आभास हुन्छ ।
अत्यन्तै प्यारी वानीरा दिज्यूले आफ्ना अमूल्य सिर्जनात्मक कृतिद्वारा नेपाली साहित्यको भण्डारलाई झन् धनी बनाएको कुरा त घामजत्तिकै छर्लङ्ग छ । उहाँको सिर्जनाका बारेमा मैले बोल्नु सूर्यलाई बत्ती देखाउनुजत्तिकै पनि हुँदैन र मेरो सामथ्र्यले भ्याउँदैन पनि । तर पनि यतिसम्म चाहिँ म भन्न सक्छु कि मूर्धन्य साहित्यकार पारिजात दिदी एउटा आँखाकी नानी हुन् भने मूर्धन्य साहित्यकार वानिरा दिज्जू अर्को आँखाकी नानी ! मेरा लागि दुवै उत्तिकै आदरणीय र श्रद्धेय ! त्यसमाथि पनि वानीरा दिज्यू त सधðभरि मेरा लागि रोल मोडल ।
साहित्यमा पनि अब्बल, घरगृहस्थी, लेखन र अन्य व्यवस्थापन सबैसबैमा पनि अब्बल— वानीरा दिज्यू !
साहित्यकार डा.वानिरा गिरि दिज्यूको साहित्यिक पाटोबारेमा त बोल्ने, लेख्ने एक सय एक आदरणीय समालोचकज्यूहरू हुनुहुन्छ । मचाहिँ गृहिणी वानीरा दिज्यूको व्यक्तिगत जीवनका पाटा र उहाँसँगको मेरो व्यक्तिगत सम्बन्धका केही किस्साहरू यहाँहरूमाझ पस्किन चाहन्छु ।
दिज्यूको दाम्पत्य जीवन पनि उत्किै सुखद, सफल, परिपूर्ण र आदर्शमय थियो ।
साहित्यकार वानीरा दिज्यू र इन्जिनियर शङ्कर भिनाजुबीच अगाध माया, प्रेम र एकअर्काको व्यक्तित्वलाई अति नै सम्मान गर्ने उदाहरणीय प्रेमिल जोडी भन्नुपर्छ !
वानीरा दिज्यूले सधðभरि ‘थाह छ उषा ! तिम्रो भिनाजुले मलाई मन पराइसेको भन्दा पनि मैले नै मन पराएर, मैले नै रोजेकी हुँ नि ! क्याम्पस पढाइको क्रममा पुतलीसडकमा अत्यन्तै ह्यान्डसम युवा देखेर म नै मोहित भएकी हुँ ।’ यो कुरा दिज्यूले मलाई धेरै पटक भनिसिन्थ्यो ! यदि भिनाजु साथै भएको बेला परेछ भने भिनाजु मक्ख पर्दै हा…हा…हा…सहितको मीठो हाँसोले वानीरा दिज्यूको डाइनिङ टेबुल वा बैठक गुञ्जायमान हुन्थ्यो ।
भिनाजुले पनि ‘लेखनका साथसाथै घरगृहस्थी सबैसबैको जिम्मा तिम्रो दिदीले नै लिने हो उषा ! म त इन्जिनियर मात्रै हुँ । जेजति कमाउँछु सबै उनलाई नै दिन्छु । हामीसँग जेजति छ त्यो सबै तिम्रै दिदीको कारण सम्भव भएको हो’; भनेर पितृसत्तात्मक समाजको श्रीमान्ले आफ्नी श्रीमतीप्रति गर्व गरेर भन्नु, त्यो फेरि शङ्कर भिनाजुको मात्रै वशको बात हो भन्ने लाग्छ मलाई । आðला दिँदा डँडुलो निल्ने आजको स्वार्थी समयमा अपवाद होइसिन्थ्यो वानीरा दिज्यू । सानो काम केही गरिदिए पनि एकदमै ठूलो देख्ने र अति नै खुलेर सराहना गर्ने, चित्त नबुझेको कुरामा भने तुरुन्तै प्रतिकार गर्न पनि पछि नहट्ने उहाँको स्वभाव थियो । हेर्दा भने हाडे ओखर तर भित्री तहमा बुझेपछि उहाँ हाडे ओखरभित्रको नमर र मीठो गुदीझð होइसिन्थ्यो ।
स्वरसम्राट् नारायणगोपाल दाइको सहधर्मिणी पेमला भाउजूसँग पनि वानीरा दिज्यूको अत्यन्तै प्रेमिल सम्बन्ध रहेको कारण दुवैबीच अत्यन्तै मीठो सद्भाव थियो । त्यस कारण दिज्यू कोषमा पनि आबद्ध होइसिन्थ्यो । वानीरा दिज्यू र पेमला भाउजू दुवै जनाले आपूmहरूले मन पराउने खानाको पनि गफ गरिसिन्थ्यो कहिलेकाहीँ र सोहीबमोजिमको खाजा बनाउन लगाउने वा उहाँहरूले मन पराउने रेस्टुरेन्टबाट खाना मगाउने पनि गरिसिन्थ्यो । खाने बेलामा भने दिज्यूले अति तारिफ गरिसिने खाना भने दुईचार पिस वा गाँसभन्दा बढी खानै नसक्ने ! आवश्यकताभन्दा अति नै कम खानेमध्ये वानीरा दिज्यू पनि पर्ने भएको कारण शरीरमा भिटामिन १२ को कमी हुने । डाक्टरले माछामासु खानुपर्छ भन्ने अनि माछामासु खानु दिज्यूको लागि सजायझð हुने । पाककलामा पनि निपुण दिज्यूको हातले बनाइसेको अत्यन्तै स्वादिष्ठ परिकार खान पाउने अत्यन्तै भाग्यमानीमा पर्छु म पनि । खसीको मासु आपूmले नखाने तर खसीको पक्कु पकाउनमा भने उहाँ माहिर हुनुहुन्थ्यो । हामीलाई पटकपटक बनाएर खुवाइसिन्थ्यो, किनभने भिनाजु पनि स्वादिष्ठ खानाको अति पारखी ! त्यस कारण पनि दिज्यूले घरमा अत्यन्तै स्वादिष्ठ व्यञ्जन तयार पारिसिने गरिसिन्थ्यो खास गरी भिनाजुकै लागि ।
कुरैकुरामा दिज्यूले ‘तिम्रो भिनाजु अति नै मीठो खानुपर्ने । जतिसुकै आदर्श जोडी भए तापनि जतिसुकै माया र प्रेम भए तापनि श्रीमान्श्रीमतीबीच कुनै न कुनै कुरामा कहिलेकाहीँ ठाकठुक पर्नु स्वाभाविक कुरै हो । हाम्रो पनि पर्ने गर्छ । अनि त मैले ठूलो लोकल कुखुराको भाले किनेर ल्याएर ढोकाअगाडि बाँधेर राख्थेँ । भिनाजु घर फर्केपछि ठाकठुक सबै बिर्सेर भालेको कुरा गरिसिने । तिम्रो भेनाको अत्यन्तै सरल र असल स्वभावको कायलै थिएँ म । अब त बूढाबूढी पनि भइसक्याð ठाकठुक पनि पर्न छोड्यो । मेरो सिर्जनालाई अति माया गरेर प्रकाशनको जिम्मा पनि सबै तिम्रै भिनाजुले गर्ने हो नि उषा ! यस मामिलामा पनि अति भाग्यमानी म । न त साहित्यिक यात्रामा कहिल्यै रोकतोक नै गरिस्यो मेरो अप्पीको बुबाले मलाई’, भनिरहने गरिसिन्थ्यो !
कफी र चिया भने अति नै मन पर्ने पेय पदार्थ थियो वानीरा दिज्यूको ! कहिलेकाहीँ मलाई कफी पिउन कफी सपतिर पनि लैजाने गरिसिन्थ्यो भने, उहाँलाई हट ब्रेडको क्रोसाँ पनि खुबै मन पर्ने भएकाले कहिले हट ब्रेड त कहिले पिज्जाको पनि पारखी उस्तै भएको कारणले कहिले ठमेलस्थित फायर एन्ड आइसमा लगिसिन्थ्यो मलाई पनि ।
हामी दुई सिनेमा पनि हेर्न जान्थ्याð हलमा । अनि अलि बढी समय घरबाहिर बित्यो भने दिज्यूलाई घरै जान हतार पर्दथ्यो फेरि ‘तिम्रो भिनाजुलाई छाडेको धेरै घण्टा भयो । अब घर जानुपर्छ । मलाई उहाँले गर्ने माया र प्रेमको गलत हिसाबले फाइदा लिनु राम्रो लाग्दैन, उषा !’ भनिसिन्थ्यो । उहाँले अन्य धेरै कुराहरू पनि सेयर गरिसिन्थ्यो र यो पनि भनिसिन्थ्यो कि ‘यी सब कुराहरू मेरो आत्मकथामा आउँछ । मैले सबैसबै कुरा लेखेकी छु, उषा !’ भनिसिन्थ्यो ।
वानीरा दिज्यू आफ्नी जननी मुमाको व्यक्तित्वका बारेमा, बुबाको बारेमा र आफ्नो सहोदर दाजुदिदीहरूका बारेमा पनि अति नै मायाले सम्झने र तारिफ गर्ने गरिसिन्थ्यो । उहाँले आफ्नो मुमाको तस्बिरलाई बडो जतनका साथ बैठकमा राख्ने गरिसिन्थ्यो । उस्तै गरी उहाँले आफ्ना सासूमुमा, छोराछोरी, बुहारी, ज्वाइँ एवम् नातिनातिना सबैका बारेमा गर्वले कुरा गरिसिन्थ्यो । छोरीप्रति त उहाँ अति ढुक्क, छोराप्रति भने अति सोझो भएको कारणले अलि चिन्ता गरिसिन्थ्यो र आफ्नो छोराका लागि आफ्नै साथीकी छोरीलाई बुहारीको रूपमा आपðmले चुनेर बिहे गरिदिसेको हो । छोराबुुहारीले आफ्नो दाम्पत्य जीवनको गाडी सुरक्षित रूपमा अगाडि बढाएको देखिसेपछि त्यसमाथि जुम्ल्याहा नातिहरूसमेत जन्मेपछि भने छोरासँग पनि ढुक्क !
साँच्चिकै किङ साइज जीवन बाँच्न जानेको साहित्यकारमा मैले त वानीरा दिज्यूलाई मात्रै देखेँ । त्यसरी बाँच्ने वातावरण बनाउनेको श्रेय पनि दिज्यू स्वयम्लाई जान्छ । साहित्यिक योगदानको कदर भने राज्यले वा नेपाल प्रज्ञाप्रतिष्ठानले नगरे पनि पाठकको माया भने अति नै प्राप्त थियो दिज्यूलाई । जुन लेखकका लागि अति नै महŒवपूर्ण कुरा हो भन्ने लाग्छ मलाई । साथै उहाँका पाठकमध्ये म पनि एक भएको हुँदा उहाँ मेरो एकदमै आदर्श र रोल मोडल होइसिन्थ्यो ।
वानीरा दिज्यूले सधðभरि ‘उषा मसँग आउने प्रायःजसोमा केही न केही स्वार्थ वा सर्त रहेको भेट्छु तर अपवादस्वरूप बिनासर्त मलाई माया गर्ने श्रद्धा राख्ने बहिनी तिमी मात्रै भेटेँ’, भनिसिन्थ्यो । मलाई उहाँले साँच्चिकै आफ्नै आँतको बहिनीलाई झð माया दिने गरिसिन्थ्यो र अपार स्नेह पोख्ने गरिसिन्थ्यो । उहाँले मलाई यस्तो भनिसिन्थ्यो— ‘उषा तिमी धेरै नै असल छौ । तर धेरै असल हुनु पनि धेरै राम्रो कुरा भने होइन है ! उषा, तिमी नयाँ कवितासङ्ग्रह प्रकाशनको तयारीमा रहेको देख्छु । कति भाइबहिनीले मलाई भूमिका लेखिदिन आग्रह गर्छन् । तिमीले भने एक शब्द लेखिदिनु भन्दिनाð, किन ? यदि तिमीलाई आपत्ति छैन भने मैले तिम्रो कवितासङ्ग्रहका लागि भूमिका लेखिदिऊँ ?’ दिज्यूका वाणीले म अवाक ! ‘के खोज्छस् काना आँखा’ भन्ने नेपाली उखानझð कुरा भयो मेरा लागि ! यसरी मेरो दोस्रो कवितासङ्ग्रह सर्वकालीन पीडा र जागृतिका शङ्खघोषमा प्रसादस्वरूप उहाँको भूमिका पाएकी हुँ । त्यस्तै गरेर हाम्रो संस्था ‘गुञ्जन’ले समकालीन नारी कविहरूको कविता अङ्ग्रेजी भाषामा प्रकाशित गर्ने तय भएपछि गुञ्जनका संस्थापक अध्यक्ष पद्मावती सिंह दिज्यू र म सम्पादक अनि अतिथि सम्पादकका लागि दिज्यूलाई आग्रह गर्दा एकवचनमै स्विकार्नुभएको मात्रै नभई मेरो एउटा ‘म सिर्फ भीरभीर खोजिरहेछु’ शीर्षकको कविता पनि उहाँ स्वयम्ले अनुवाद गरिदिसेको छ । जुन ‘डटर अफ दि अर्थ’ समकालीन महिला स्रष्टाहरूका अङ्ग्रेजी भाषामा अनुवादित कवितासङ्ग्रहमा छापिएको छ ।
वानीरा दिज्यू मेरो घरमा आइसिँदा ‘तिम्रो नयाँ कथा, कविता के छ ? ल सुनाऊ त, उषा !’ भनिसिन्थ्यो र बडो एकाग्रतापूर्वक सुन्ने गरिसिन्थ्यो ।
नइ अर्थात् नरेन्द्रराज प्रसाई भाइ र इन्दिरा प्रसाई बहिनीले त्रिमूर्ति निकेतनमार्फत २०७१ सालमा विश्वनारी नेपाली साहित्य सम्मेलन भव्य रूपमा आयोजना गरेर वानीरा दिज्यूलाई ‘नेपाली साहित्यका विश्वनारी रत्न’को उपाधि समर्पित गर्दा उहाँलाई स्मृति क्षय हुने अर्थात् अल्जाइमर रोग लागेको थिएन । त्यसैले आपूmले अत्यन्तै मन पराएको खेलौना पाउँदा बच्चा खुसी भएझð उहाँ साह«ै खुसी होइसेको थियो बग्गी चढेर काठमाडाð बजार परिक्रमा गर्दा ! त्यस बेला मलाई लाग्यो; चाहे राज्यले कदर नगरून्, चाहे प्रज्ञाप्रतिष्ठानमा उहाँलाई नल्याऊन्, चाहे उहाँलाई नाउँ चलेको कुनै पुरस्कार नदिऊन्; यी सबैको भर्पाई नइ अर्थात् नरेन्द्रराज प्रसाई भाइ र इन्दिरा प्रसाई बहिनीले गरिदिनुभयो भनेर मनभित्र एक प्रकारको सन्तुष्टि प्राप्त भयो मलाई पनि ।
त्यसपछि नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले पनि उहाँलाई पुरस्कार समर्पण गरेको थियो । जसका लागि त्रिमूर्ति निकेतन, नइ अर्थात् नरेन्द्रराज प्रसाई भाइ, इन्दिरा प्रसाई बहिनी एवम् नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमिला बहिनीलगायत सबै धन्यवादका पात्र हुनुहुन्छ ।
अल्जाइमर हुनुअघि वानीरा दिज्यूले यी सब सुखको अनुभूति स्वयम्ले गर्न पाइस्यो र त्यो नै मेरा लागि पनि अत्यन्तै खुसीको कुरा भयो दिज्यूको सच्चा फ्यानको हिसाबले ।
वानीरा फाउन्डेसन स्थापना गर्ने सोच र सपना भिनाजुको भए तापनि बलियो साथ र काँध भने नइदम्पतीकै हो । नियति पनि विचित्रकै हुने, भिनाजुले मलाई पनि फाउन्डेसनमा आबद्ध हुनुपर्छ भनिसेकै हो तर फाउन्डेसनको दर्ता गर्ने बेला म अमेरिकामै भएको कारणले अड्डामा मेरो नागरिकताको प्रमाणपत्र दिन नमिलेर संस्थापक सदस्य हुनबाट म वञ्चित भएँ ।
म पुनः अमेरिका जानुपर्ने भएको कारण र कोरोना आतङ्क चरम सीमामा रहेको कारण दिज्यूको घरमा जान सकिनँ । त्यसैले मोबाइलबाट बिमार दिज्यूसँग त बोल्ने कुरै भएन तर भिनाजुसँग भने झन्डै एक घण्टै टेलिफोन संवाद भएको थियो । ‘विभा र भीमबहादुर भएको हुनाले सबै सजिलो छ । तिम्रो दिदीलाई समयमा औषधि खुवाउने र बेलाबेलामा डाक्टरकहाँ लैजानेबाहेक अन्य सबै यिनीहरूले नै हेरेका छन् । मलाई सजिलो छ ! अहिले त कोरोनाको कारणले बाहिर पनि कतै जानु छैन । घरभित्रै बस्ने हो । सबै ठीक छ’ भनिस्यो । यति सचेत हुँदाहुँदै पनि एक्कासि कोरोनाले विभा बितेको खबर मालतीले रुँदै मेसेन्जरमार्फत अमेरिकामा खबर गर्दा चट्याङ परेझð भयो मलाई । पछि त दिज्यूलाई पनि कोरोनाले लगेको अनि भिनाजुलाई र भीमबहादुर सबैलाई कोरोना लागेको खबरले त झन् अत्याउनसम्म अत्यायो मलाई ।
विधिको विधान टार्ने क्षमता कसको ? जस्तोसुकै कठोर कुरा पनि सुन्नैपर्ने, सहनै पर्ने । निरोगी भएको भए त सय वर्षभन्दा बढी बाँचे पनि कमै लाग्छ । तर दिज्यूलाई अत्यन्तै शत्रु रोग लागेको हुँदा हामीलाई जतिसुकै दुःख लागे पनि, पीडा भए तापनि दिज्यूले चाहिँ मुक्ति पाइसेको हो भन्ने सोच्छु र मन बुझाउने गर्छु ।
दिज्यूलाई लगे पनि ‘हे भगवान् ! भिनाजुलाई केही नहोस् । शीघ्र लाभ होस्’ भन्ने हामी सबैको प्रार्थना साँच्चिकै पूरा भयो । मेरो सर्वप्रिय दिज्यूको नाममा स्थापित पुरस्कार सर्वप्रथम मैले नै पाउने नियतिमा निर्धारण रहेछ र पो वानीरा फाउन्डेसनको संस्थापक पदाधिकारी हुनबाट वञ्चित हुन पुगेकी रहिछु । नत्र त वानीरा पुरस्कार लिन मेरो नैतिकताले कदापि दिने थिएन ।
अरूको नजरमा वानीरा फाउन्डेसन भलै ‘वानीरा फाउन्डेसन’ मात्रै होला तर मेरो नजरमा भने भारतको आगरामा बनेको अद्वितीय प्रेमको प्रतीक ताजमहलजस्तै यो पनि हाम्रो दिदी र भिनाजुबीच रहेको अमर प्रेमको प्रतीक एउटा अर्को ताजमहल नै हो ।
दिज्यूले मलाई सधðभरि ‘उषा तिमीलाई जहिले मकहाँ आउन अर्थात् मलाई भेट्न मन लाग्छ, आऊ । टेलिफोन गरिरहन पनि आवश्यक छैन । मेरो ढोका तिम्रा लागि चौबिसै घण्टा खुला छ’ भनेर भनिसिन्थ्यो । सायद दिज्यूको असीम आशीर्वाद नै हुनुपर्छ यो खुसी पनि मेरै पोल्टामा पर्न आएको ! तर पुरस्कार र सम्मान पाउँदा मलाई अत्यन्तै डरमिश्रित खुसी लाग्छ । किनभने मानसम्मान र पुरस्कार पाउनु भनेको थप जिम्मेवारी थपिनु पनि त हो ।
फेरि अर्को एउटा सुखद संयोग वासु शशी स्मृति पुरस्कार पनि अग्रज कवि एवम् गीतकार कालीप्रसाद रिजाल दाइसँगै प्राप्त गर्ने सौभाग्य प्राप्त भएको थियो मलाई । आज पनि आदरणीय दाइसँगसँगै प्राप्त गर्ने सौभाग्य जु¥यो । यसका लागि वानीरा फाउन्डेसन अनि शङ्कर गिरि भिनाजु र फाउन्डेसनका पदाधिकारीहरू, विशेष गरी नइ अर्थात् नरेन्द्रराज प्रसाई भाइ र इन्दिरा प्रसाई बहिनी आआफ्नो सिर्जनामा लागेर पनि सङ्घसंस्थालाई अत्यन्तै सुचारु ढङ्गले चलाउने क्षमता भएको माथि आधुनिक मोतीराम भट्टको भूमिका निर्वाह गर्न सफल दम्पती र चयन समितिमा रहनुभएका महानुभाव सबैलाई हामी तीन जनाको तर्फबाट हार्दिक कृतज्ञतासहित एकमुस्ट धन्यवाद ज्ञापन गर्दछु ।
र आज पुरस्कृत हुनुभएको अग्रज स्रष्टा कालीप्रसाद रिजाल दाइ एवम् कलाकार महेश तुलाधर भाइलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
मेरो सर्वप्रिय साहित्यकार नेपाली साहित्यका विश्वनारी रत्न डा.वानीरा गिरि दिज्यूको आत्मा आज अवश्य पनि प्रफुल्ल भएको हुनुपर्छ । उहाँ जहाँ हुनुहुन्छ खुसी र सुखी रहनुहोस् भन्ने कामनासहित उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु !
जाने त गइहाल्छन् पीडा हुने र अभाव खट्किने त हामी बाँच्नेलाई न हो । फेरि पनि हृदयदेखि सबैप्रति कृतज्ञता जाहेर गर्दै दिज्यूकै नाममा मैले लेखेको यो कविता दिज्यूलाई नै समर्पित गर्दै यहाँहरूसँग वाचनको अनुमति माग्दै यो पोडियमबाट ओझेल हुन चाहन्छु—
शङ्करकी पार्वती अर्थात् वानीरा
‘काठमाडौ“ काठमाडौ“’को
मायामा चुर्लुम्म डुबेर
काठमाडौ“लाई काखी च्याप्दै
सीमातीत माया पोख्दै
सिमलको भुवाभन्दा पनि
नरमनरम मनलाई
कोमलकोमल मनलाई
कठोरताका आवरणभित्र
लुकाएर राख्न सक्ने
हाडे ओेखर हुन् उनी।
असङ्ख्य असङ्ख्य
जङ्गबहादुरै जङ्गबहादुरका
हूलहरूमाझ
‘एउटा एउटा जिउ“दो जङ्गबहादुर’ बनेर
कहिले समय र परिस्थितिको
कहिले नियति र चुनौतीको
‘कारागार’बाट फुत्कि“दै
‘निर्बन्ध’ लेख्ने
‘मेरो आविष्कार’की
‘अन्तिम भुभाग’ हुन् उनी ।
जीवनका प्रत्येक असजिला
बाटा र मोडहरूमा
लड्दै, पढ्दै र उठ्दै
जति पढे पनि नसकिने
किताबजस्तो जीवन देखेर
जति बुझे पनि नबुझिने
रहस्यजस्तो जीवन भोगेर
सधै“सधै“
‘जीवन थाय्मरु’ भन्ने
‘शब्दातीत शान्तनु’ हुन् उनी ।
जीवन र जगत्का साथ
मान्छे हुनुको गौरव बोक्दै
स्वाभिमानका साथ
बा“च्न पाउने अधिकार खोज्दै
आफ्नो मनको राजमहलमा
आपै“mले राज गर्ने
स्वःअस्तित्वका लागि
अविश्रान्त अविश्रान्त
लागिरहने
प्रज्ञा हुन् उनी ।
आपै“mप्रति
दरिलो विश्वास बोक्दै
वाङ्मयको शिखर चुम्ने
प्रकृतिकी पुजारी
कहिले ‘जङ्गलजङ्गल’ घुम्दै
कहिले जूनस“ग खेल्दै
कहिले घामस“ग रमाउ“दै
सिङ्गो आकाश बोक्न सक्ने
काव्यस्रष्टा हुन् उनी ।
कवितालाई ‘पहिलो प्रेम’ गर्दै
शिखर र चुलीहरूलाई साक्षी राख्दै
हृदयका नदेखिने पानाहरूमा
एउटा सम्बोधन खोप्ने
पूज्य कवि गोपालप्रसादकी सखी
काव्यजगत्कै उद्भासी
नेपाली साहित्यकी
विश्वनारी रत्न हुन् उनी ।
अपार माया र ममताले हुर्काउने
अपराजिता र अपूर्वकी
ममतामयी महतारी
अति माया गरेर
अप्पीको बुबा भन्न मन पराउने
शङ्करकी सहधर्मिणी
अर्थात्
‘पर्वतको अर्को नाम पार्वती’ हुन् उनी †
‘पर्वतको अर्को नाम पार्वती’ हुन् उनी †